अनमी नै उच्च रत्तश्रावले थलिइन

हुुम्ला– चंखेली गाउँपालिका ६ स्थित मेल्छाम स्वास्थ्यचौकी अनमी नै उच्च रत्तश्रावले थलिएकी छन । मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत दाङ घोराही नगरपालिका १५ की ३५ वर्षीय निशा नेपाली राती बजेदेखि उच्च रत्तश्रावले थलिएकी हुन् । रातीबाट बिरामी भएर मेल्छाम स्वास्थ्यचौकी छटपटाई रहेको मेल्छाम स्वास्थ्य चौकी अनमी बेलसरा बुढाले जानकारी दिएका छन् ।

उनले भनिन ३ महिना पहिला औषधी गरेर आएकी हुनु । हिजो राती २ बजेबाट बिरामी भएपछि बोल्न समेत उनलाई गाह्रो भएको बताइन् । उच्च रत्तश्राव भएकी महिलाको अवस्था बारे टेलिफोन काम नगरेपछि नयाँ पत्रिका दैनिक हुम्ला सम्बावददाता नरजन तामाङ र चंखेली गाउँपालिका ४ स्थानीय धुब्र बहादुर शाहीले प्रमुख जिल्ला अधिकारी धोलक राज ढकाललाई फेसबुकबाट भिडियो कल गराएर उद्धारको लागि प्रमुख जिल्ला अधिकारी ढकालसँग समन्वय गरेको स्थानीय धुब्र बहादुर शाहीले बताए ।

शाहीले आफु बिहान जानकारी पाएको र गाउँमा टेलिफोन सेवा अबरुद्ध हुदा जानकारी पाउन मुस्किल भएको बताए । फेसबुकबाट भिडियो कल हुदा मात्रै जानकारी पाएको शाहीको भनाई छ ।